अघोषित रुपमा खुलिसक्यो दमक, अब केहि निर्णय लिन्छौ-रोमनाथ ओली
विष्णुप्रसाद पोखरेल
दमक/ दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले लकडाउन बढ्दै जाँदा यसको अवज्ञा र विद्रोह ब्यवसायीले पनि अवज्ञा गर्ने भनेर बारम्बार दबाब दिन थालेको बताएकाछन् । उनले नगरपालिकाले यस बिषयमा केहि समयमा नै ठोस निर्णय पनि लिने जनाउदै यस्तो बताएकाहुन् । बुधबार बजेट निर्माण सम्बन्धि अग्रिम छलफलमा आफ्ना भनाई राख्दै ओलीले आफुहरुले पनि अहिले खास कडाइ नगरेको जनाए ।
शुरुवातमा नगरप्रहरीले चाँबी लगाउने र कडा गर्ने काम गरेपनि अहिले सम्झाइबुझाइ गर्न भनेका छौ, उनले भने । कोरानाबाट बच्नका लागि आफै सुरक्षित हुनुपर्ने बताउदै उनले बजार खुला गराउने संकेत गरे । नगरपालिकाले अब बन्द गराउदै नहिड्ने उनको भनाई थियो । अघोषित रुपमा बजार त खुली सकेको छ, उनले भने ।
कोरोना संक्रमणबाट बच्न र बचाउनका लागि नगरपालिकाले आवश्यक कार्यक्रमहरु तर्जुमा गर्ने उनको भनाई थियो । उनले यसमा आफुहरु लागि परेको पनि जनाए । अहिले हाम्रो ध्यान अहिलेको बिपतसंग कसरी जुध्ने र नगरबासीलाई सुरक्षित राख्ने भन्ने नै रहेको छ, उनको भनाई थियो ।
कोरानाका कारण मारमा परेकाहरुको हकमा पनि नगरपालिकाले के गर्न सक्छ त्यस बिषयमा नगरपालिका छलफलमा रहेको पनि ओलीको भनाई थियो । यस्तो बिपतमा सबै मिलेर अघि बढ्न सके बिपतलाई जित्छौ र हामी सबै सुरक्षित हुन्छौ, नगर प्रमुख ओलीले भने ।
