२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ नेकपाका युवा नेता गगन पुरीले दमकमा पर्यटक आएर एक घण्टा पनि रमाउने ठाँउ नभएको भन्दै यसतर्फ ध्यान दिन आग्रह गरेकाछन् । उनले दमक नगरपालिकाले बजेट निर्माणका लागि गरेको प्रारम्भिक छलफलमा आफ्नो धारणा राख्दै यस्तो बताएकाहुन् । उनले यहाँका खोलाहरुलाई पर्यटकीय स्थल बनाउन सकिने भन्दै यसतर्फ लाग्नु पर्ने सुझाव दिए ।

दमकमा दमकभन्दा बाहिरबाट आएर एक घण्टा होल्ड गर्ने ठाँउ के छ ? प्रधानमन्त्री केपी शर्मा ओलीको नामले मात्र दमक हंगामा भयो, पुरीले भने । साझेदारीमा दमकलाई चिनाउने योजना ल्याउन पनि उनले माग गरे । दीपेनी, बेतना र खरखरे खेलालाई सौन्दर्यकरण गर्न प्रस्ताव उनले राखे ।

उनले यो खोलामा कसैले ढल मिसाएको भए, शौचालयको सेफ्टी ट्याँकी लगाएको भए हातले सोर्न तयार रहेको पनि जनाए । दीपेनी सरसफाई गर्न अभियान चलाऔ म त्यहाँ कस्ले ढल हालेको छ, कस्ले ट्वाइलेट हालेको छ, कस्ले सुंगुर पालेको छ त्यहाँ गएर हातले त्यो फोहोर सफा गर्न तयार छु, उनले भने ।

पुरीले दमक चिसापानी सडकलाई जोडन दमकको बसपार्कदेखि रतुवा खोलाको किनार नै किनार सडक बनाउने डिपिआर समेत बनाउन शुरु गरिएको प्रति खुसि प्रकट गर्दै यसले यस क्षेत्रमा नयाँ आयम थप्ने पनि जनाएका थिए । पुरी दमक चिसापानी सडक निर्माण उपभोक्ता समितिका अध्यक्षहुन् ।

नगर सभाहलमा गर्जिए गगन पुरी

Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Tuesday, 2 June 2020