ब्यवसायीको तिब्र आक्रोश र विरोध पछि कर तथा कर विवरण बुझाउने अवधि १५ दिन थप
दमक/ ब्यवसायीको तिब्र विरोध र आलोचनापछि सरकारले कर तिर्ने समयावधि बढाएको छ। जेठ २५ सम्म कर तिरिसक्न भन्दै सूचना गरेको सरकारले चौतर्फी आलोचना भएको थियो ।
आज आन्तरिक रावश्व बिभागले कर बुझाउने समय थप गर्दै असार ७ सम्मलाई समयावधि थप गरेको हो। आन्तरिक राजश्व विभागले असार ७ गतेसम्म कर तिर्ने म्याद थप गरेको नयाँ सूचना निकालेको छ ।
कर तथा कर विवरण नबुझाएमा शुल्क, थप दस्तुर, ब्याज तथा जरिवाना तिर्नुपर्ने चेतावनी दिएको दूईदिन पछि नयाँ सूचना आएको हो ।
वैशाख १४ गते बसेको मन्त्रिपरिषद्को निर्णयले चैत र वैशाखमा तिर्नुपर्ने करको म्याद जेठ २५ का लागि बढाएको थियो।
