२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ लामो समयको लकडाउनका कारण ब्यवसायी मारमा परेको जनाउदै दमक उद्योग बाणिज्य संघले दमक बजार खुलाउन माग अघि सारेको छ । अन्यथा आफुहरु अवज्ञा गर्ने पनि ब्यवसायीहरुले जनाएकाछन् । दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, पुर्व अध्यक्ष प्रकाश प्रशाई सहितको टोली दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली एवं जनप्रतिनिधिहरुसंग छलफल गर्दै यस्तो बताएको हो ।

सामाजिक दुरी कायम राखेर र आवश्यक सावधानी अपनाएर बजार तथा पसलहरु नियमित खोल्ने अवस्था ल्याउन संघका पदाधिकारी तथा नेतृत्वकर्ताहरुले माग राखेका थिए । नगर प्रमुख ओलीले केहि दिन पर्खन अनुरोध गर्दै ब्यवसायीको समस्या एवं पीरमार्का आफुहरुले बुझेको जनाएका थिए ।

राज्यले लकडाउन घोषणा गरेको अवस्थामा यहाँ मात्र खोल्न नसकिने जनप्रतिनिधिहरुको भनाई थियो । हामी पनि ब्यवसायीहरुको माग र समस्याको बिषयमा जानकार छौ तर पनि यहाँ लकडाउन खुला भयो भनेर भन्न सक्ने अवस्था छैन, एक जनप्रतिनिधिको भनाई रहेको थियो । ब्यवसायीहरुले भने अवज्ञा गर्ने चेतावनी दिए ।