२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

लकडाउनको मोडालिटीमा परिवर्तन गर्ने भएको छ ।

लकडाउन मोडालिटी परिवर्तनबारे छलफलका लागि प्रधानन्त्री केपी ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक अपराह्न् ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । यसअघि बुधबार कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन मोडालिटी परिवर्तन गर्नुपर्ने निस्कर्ष निकालेको थियो ।

प्रधानमन्त्री ओलीले बुधबारै लकडाउनको विकल्पबारे स्वास्थ्य, आर्थिक र विकास विज्ञहरुसँग छलफल गरेका थिए । त्यस क्रममा विज्ञहरुले लकडाउनको विकल्प खोज्न सुझाएका थिए ।

सरकारले कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि गत चैत १३ गतेदेखि मुलुकभर लकडाउन गर्दै आएको छ । पछिल्लोपटक थप गरिएको लकडाउनको म्याद ३२ जेठमा सकिँदैछ ।