२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ दमकलाई मुख्य केन्द्र बिन्दु बनाएर माइवारीको क्षेत्रमा कोरोना संक्रमण भएका विरामीको उपचारका लागि आवश्यक ब्यवस्था मिलाउन तथा कोभिड अस्पताल बनाउनका लागि प्रारम्भिक चरणको छलफल शुरु भएको बताईएको छ । बुधबार नगरपालिकामा भएको छलफलमा दमक नगर प्रमुख रोमनाथ ओलीले यस्तो बताएकाहुन् ।

पछिल्लो समयमा सरकारले सम्बन्धित स्थानीय पालिकामा नै कोरोना संक्रमितलाई आइसुलेसनमा राख्न सकिने योजना ल्याउन लागेको अवस्थामा माइवारी क्षेत्रका नगरपालिका तथा गाँउपालिकाहरुले यस बिषयमा छलफल अघि बढाएकाहुन् । अस्थायी कोभिड अस्पताल बनाउन उपयुक्त स्थान छनौट गर्ने बताईएको छ ।

झापाको भद्रपुरमा कोभिड अस्पताल बनाउने यसभन्दा अगाडि निर्णय भएको छ । अहिले धरान र विराटनगरमा प्रदेश सरकारले कोभिड अस्पताल बनाएको छ ।