२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापामा फेरी आज ५ जनामा कोरोना पोजेटिभ भेटिएको पुष्टि भएको छ। भद्रपुरका दुई र कचनकवलका तीन जनामा कोरोना पुष्टि भएको जनाईएको छ । योसँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १२४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३३४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको र यसमा ५ जना झापाली रहेको सार्वजनिक भएको छ ।

आज थपिएका ३३४ सहित नेपालमा संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ । नेपालमा हालसम्म २९० जना उपचारपछि निको भएका छन्।