२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमकमा यो लकडाउनको समयमा पनि कालोबजारी धन्दा मौलाएको भन्दै तिब्र आलोचना भयो । पसल नै अनुसार मूल्य फरकफरक भएको पाईएपछि दमक बजार अनुगमन समितिले अनुगन गर्दा त्यहि पायो र मूल्य सूचि टाँस नगर्नेको सटर लगाउदै अनु्गमन समिति संयोजक भीम पौड्याल हिडे ।

त्यसपछि दमकका सबै पसलमा मूल्य सूचि टाँस भयो । मूल्यमा एक्ररुपता ल्याउने प्रयास भयो । तर अहिले फेरी बजार उस्तै भएको छ । कतिपय सामाग्रिहरुको भाउ घटेको छ तर पुरानै मूल्यमा ब्यापारीहरुले बेचिहेकाछन् । पहिला बढेको भाउमा मूल्य निर्धारण गरेर मूल्य सूचि टाँसका ब्यापारीले घटेको भाउको मूल्य टाँस गरेकाछैनन् ।

खाद्य तथा किराना ब्यवसायी संघ दमकका अध्यक्ष कृष्णप्रसाद अधिकारी यो ब्यापारीको हेपाह प्रवृती देखिएको बताउछन् । मूल्य सूचिको महत्व ब्यापारीले थाहा नपाएको र फेरी अनुगमन नहुँदा यस्तो भएको पनि उनको भनाई रहेको छ । त्यो बेला ब्यापारीले यहि बेला हानिहालौ भनेर गर्न खोज्नु भएको थियो अनुगमन पश्चात भने बजार नियण्त्रणको प्रयास थियो, अधिकारीले भने ।

सुर्तीजन्य सामाग्रिको भाँउ अधिक आकाशिएको पनि उनले बताए । यसमा त झन् कति हो कति मनपरी छ यसमा त खोइ कतैबाट पनि अनसगमन नहुँदो रहेछ, उनले भने । सुर्ती तथा सुर्तीजन्य पदार्थ विक्री पनि किराना पसलहरुले नै गर्दै आएकाछन् । लकडाउनको मौका छोपी ब्यापारी कमाउने धन्दामा लागेको देखिएको छ ।