२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/  झापामा गौरादह र गौरीगन्जमा २ जना सहित थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संगै झापामा संक्रमितको संख्या १३५ पुगेको छ ।

कचनकवल क्वरेन्टिनका १० जना, गौरादह क्वरेन्टिनका १ जना र गौरीगञ्ज क्वरेन्टिनका १ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो ।

धरान र विराटनगरको प्रयोगशाला गरिएको स्वाब परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको बताईन्छ। कचनकवल गाउँपालिकामा मात्रै अहिलेसम्म ११३ जनामा संक्रमण पुष्टि भएको छ । यो झापामा सबैभन्दा बढि प्रभावित जिल्ला हो ।