२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

बद्रि बराल

के छ PCR पोजेटिभ/नेगेटिभ र RDT पोजेटिभ /नेगेटिभमा अनि लकडाउनको विकल्प के? सर्वसाधारणले सुन्दा एउटै जस्तो लाग्ने यी शब्द हुन PCR र RDT । यीनिहरूको कामको प्रकृति अनुसार फरक फरक छ। हामी PCR पोजेटिभ हुदा दुखी हुने र PCR नेगेटिभ हुदा खुशी हुन्छौ। कसैलाई PCR पोजेटिभ देखियो भने उसको शरीरमा कोरोना भाईरसको संक्रमण रहेको बुझिन्छ ।

हाल सम्म यो भाइरसको अौषधि तथा खोप पत्ता नलागीसकेको अवस्थामा संक्रमणबाट छुटकारा पाउने एउटा मात्र उपाय छ। हाम्रो शरीरले कुनैपनि बाहिर तत्वको आक्रमणलाई पराजित गर्न स्वयम एक प्रकारको शक्तिलाई सकृय बनाउदछ जसलाई प्रतिरक्षा शक्ति अथवा एण्टीबडी भन्छौं । जुन एण्टीबडी एक पटक बनिसके पछि त्यसले लामो समय काम गर्ने हुन्छ। शरीरमा एण्टीबडी छ कि छैन भनेर चाडै थाहा पाउने बिधि मध्ये एक RDT(IGG) हो, त्यसैले कोही कसैले RDT +ve हुदा दुखी हुनु पर्दैन।

RDT+ve(IGG)हुनु भनेको संक्रमण माथि विजयप्राप्त गरिसकेको भन्ने हो। त्यस्तै गरेर PCR जाँच गर्दा यदि PCR -ve हुनु राम्रो हो तर त्यो रिपोर्ट पछि धेरैले बेवास्ता गर्ने वा अब केहि हुदैन भन्ने भ्रम हुन सक्दछ र नेगेटिभ रिपोर्ट भएपनि यदि उनिहरू संक्रमितको सम्पर्कमा गए संक्रमण सर्न सक्ने जोखिम कायमै हुन्छ भन्ने बुझ्न जरुरी छ। अब के ! सधै लकडाउन नै गर्ने ? हैन, लकडाउन लामो समय गर्न सकिदैन र गर्न पनि हुन्न ।

यो विषेश अवस्थामा छोटो समयका लागि गर्न अति आवश्यक छ। लकडाउन पछि सवैले कसरी जाने भनेर स्वयम योजना बनाउनुपर्ने हुन्छ। ती यस प्रकार छन् ।

१) सबैले हरेक समय एक अर्का बिच निश्चित दुरी कायम गरौ

२) उपयुक्त मास्कको प्रयोग गरौं

३) हरेक पटक हात साबुनपानीले राम्रोसँग धुने गरौं

४) कुनै पनि काम गर्दा हतार नगरौ पालो संग गरौं,

५) एउटै बस्तु वा सामानलाई धेरै जनाले छुने नगरौ

६) आवश्यकता नभईकन हिड्ने बानी बन्द गरौं

यी माथिको ६ वटा कुराहरूलाई प्रयोगमा ल्याउन सुनिश्चित गर्न सकिन्छ भने लकडाउनलाई हटाउन सकिन्छ ।

(दमक नगरपालिका जन स्वास्थ्य निरीक्षक)