२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ जिल्लास्तरीय कोरोना भाइरस संक्रमण, रोकथाम, उपचार, समन्वय तथा अनुगमन समिति झापाका संयोजक सोमनाथ पोर्तेलको पहलमा आज  भएको उद्योगी ब्यवसायीहरुको छलफलले लकडाउनलाई केहि सहज बनाउने अनौपचारिक निर्णय गरेको छ । पुर्ण रुपमा बजार खुलाउने नखुलाउने भन्ने बिषयमा आँउदो २७ गते निर्णय हुनेछ ।

छलफलमा सहभागि दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठका अनुसार उद्यागी ब्यवसायीहरुको मागको बिषयमा अध्ययन गरेर प्रतिवेदन बुझाउन साहयक प्रमुख जिल्ला अधिकारी राजकुमार राईको संयोजकत्वमा कार्यदल पनि बनेको छ ।

कार्यदलमा बिर्तामोड नगरपालिकाका अधिकृत देवराज कार्की, झापा उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष राजेन्द्र घिमिरे, गौरादह उद्योग बाणिज्य संघ अध्यक्ष जेबि कार्की र बिर्तामोड उद्योग बाणिज्य संघ अध्यक्ष कुमार भट्टराई सदस्य रहेकाछन् ।

श्रेष्ठका अनुसार अहिले पुरानै निर्णय अनुसार जाने भएता पनि उद्योगबाट उत्पादित सामाग्रि ओसारपसार र विक्री बितरणमा सहजता ल्याउने र त्यस्ता पसलहरु खुला राख्ने अनौपचारिक निर्णय भएको छ । ब्यवसायीहरुले लकडाउनका कारण परेको समस्याका बिषयमा आफ्ना भनाई राखेका थिए ।