प्रधानमन्त्री केपी शर्मा ओलीको ठूलो सपना ! अब दमक सहित झापामा नै बिद्यूतीय रेल कुदाउने प्रक्रिया शुरु
विष्णुप्रसाद पोखरेल
दमक/ कुनै समयमा बजेट नीति तथा कार्यक्रम र भाषणमा रेलका कुरा आँउदा निक्कै अनौठो प्रतिक्रिया आयो । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पुर्व पश्चिम रेल कुदाउने भनेर हरेक भाषणमा बोले र त्यो आफुले गरि छाड्ने पनि बताउन छाडेनन् । यो अहिलेको प्राथमिकता होइन भन्दै विरोध भइरहदा त्यसको डिपिआर निर्माणको काम अघि बढिरहयो ।
अब यो बिषयमा गफ वा भाषणमा मात्र सिमित रहेन । रेलमार्गका लागि जग्गा अधिग्रहणको नै काम शुरु भएको छ । झापामा यसका लागि सार्वजनिक सूचना निस्केको छ । अब जग्ग्गाधनीहरुले सरकारले तोकेको मुआब्जा पाउनेछन् । आँउदो आर्थिक बर्षको शुरुवातदेखि निर्माणको काम नै शुरु हुनेछ ।
इआइए प्रतिवेदनमा उल्लेख भए अनुसार मेचि देखी महाकाली सम्म सुमधुर रेलवे यातायातको संचालन गर्न नेपाल सरकारले मेचि–महाकाली रेलवे आयोजनाको परिकल्पना गरहेको थियो । प्रस्तावित इनरुवा–काँकरभिट्टा खण्ड रेलवे लाइन र इटहरी–बिराटनगर लिङ्क लाइन रेल आयोजना नेपालको प्रदेश नं. १ तराईको पूर्व भागको सुनसरी, मोरङ्ग र झापा जिल्लाहरुमा पर्दछ ।
परियोजनाको सुरुवात विन्दु सुनसरी जिल्लाको पूर्व पश्चिम राजमार्गको दक्षिणी भाग पट्टिको इनरुवा वस्ती र जनताचोक जिरात नजिक सुनसरी खोलाको पश्चिम तर्पm रहेको छ । आयोजनाकोरेखा थोरै धेरै पूर्व पश्चिम राजमार्गको समानन्तर हिसाबले जान्छ रइटहरीमा पुगेर विराटनगरमा पुग्नु भन्दा अगाडि खनारमा दुई भागमा विभाजन भएर विराटनगरलाई जोड्छ ।
मुख्य रेलवे रेखा, काँकरभिट्टा गन्तव्य पुग्नु अघि धेरै वस्तीहरु र खेती गरिएको जमिन काट्दछ । यो मार्गरेखा वन क्षेत्रको दुई स्थानहरु भएर जानेछ, जसमा पहिलो मोरङ ्जिल्लाको बयरवन, जुनक्षेत्र वन दही खोला र पथरी खोलाको बिचमा पर्दछ भनेअर्को वन क्षेत्र झापा जिल्लाको चारआलीमा पर्दछ । यस रेलवेको मार्गरेखा समतल तराईको पाँच सामुदायिक वनहरु भएर जान्छ ।
यस रेलवे आयोजना करिब १२६.७५ कि.मि. (लिकं लाइन सहित) लम्बाईको प्रस्ताव गरियको छ । मेची–महाकाली विद्युतीय रेलवेको यस आयोजनाखण्डलाई इनरुवा–काँकरभिट्टा मुख्य मार्गरेखा १०६.५९ कि.मि.को र २०.१६ कि.मि. लामो इटहरी–बिराटनगर लिङ्क लाइन अंशको मार्गरेखा समावेश छन । कूल ११ रेलवेस्टेशनहरु मार्गरेखामा प्रस्तावीत छन् । १० स्टेशनहरु मुख्य लाइनमा र एउटा स्टेशन लिङ्क लाइनमा प्रस्तावीत छन् ।
इआइए प्रतिवेदनमा उल्लेख भए अनुसार हुने हो भने प्रस्तावित रेलवे मार्गरेखामा भोक्राहा गाउँपालिका, इनरुवा नगरपालिका, इटहरी उपमहानगरपालिका, सुन्दरहरिचा नगरपालिका, बेलबारी नगरपालिका, कानेपोखरी गाउँपालिका, पाथरी सनिसचरे नगरपालिका, उर्लाबारी नगरपालिका, कमल गाउँपालिका, शिवशताशी नगरपालिका, विर्तामोड नगरपालिका र मेचिनगर नगरपालिकाहरु हँुदै जान्छ ।
मुख्य रेलमार्गमा इटहरी उपमहानगरपालिका, बुढीगंगा गाउँपालिका, ग्रामथान गाउँपालिका, विराटनगर महानगरपालिका र कठारी गाउँपालिका सँग सहायक रेलमार्ग मार्फत जोडिने छ । अन्तिम बिन्दु काँकरभिट्टा स्टेसन करिव पुर्वपश्चिम राजमार्गको १ कि.मि. दक्षिण झापा जिल्लामा छ र करिव २ कि.मि. मेची नदिको पश्चिममा छ ।
