दमकस्थित चेतनशिल कृषि सहकारी संस्था बन्यो सिम्रिक सहकारी
दमक/ दमकस्थित चेतनशिल कृषि सहकारी संस्था र विर्तामोडको सिम्रिक सहकारी संस्था एक एकीकरण हुने भएकाछन् । सोमवार एकीकरण घोषणा भएको हो ।
सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमलबहादुर वस्नेतलाई चेतनशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ज्ञानवहादुर योगीले एकीकरण भएको घोषणा गरेकाहुन् ।
दुवै सहकारी संस्थाको उद्धेश्य एउटै भएका कारण दुई सहकारीवीच एकीकरण भएको बताईएको छ । अब चेतनशिल सहकारी संस्थाले पनि सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको नामबाट दमकमा कारोबार शुरु गर्दैछ ।
सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमलबहादुर वस्नेतले २० लाख ५५ हजार रुपैयाँ शेयर पुँजीबाट कारोबार गरी सिम्रिकले अहिले एक अर्ब १८ करोड रुपैयाँको वासलात रहेको छ ।
कार्यक्रमको सञ्चालन चेतनशील बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष नविन योगीले गरेका थिए ।
