पुर्वमा लायन्स क्लवहरुको टिम लिडरको जिम्मेवारीमा कोमल शाक्यलाई
दमक/पुर्वी नेपालमा रहेका लायन्स क्लवहरुलाई नेतृत्व गर्ने जिम्मेवारी मोरंगका कोमल शाक्यले पाएकाछन् । उनले लायन्स क्लव अफ इन्टरनेश्नल ३२५ ए वानको टीम एरिया लिडरको जिम्मेवारी पाएकाछन् ।
सन् २०२० २१ मा पुर्वका क्लवहरुलाई सक्रिय बनाउन उनको भूमिका रहनेछ । उनले सबै क्लवहरुसंग समन्वय गरेर सामाजिक कार्यमा क्लवहरुलाई सक्रिय बनाउन प्रेरीत गर्न जनाउदै यो जिम्मेवारी प्रदान गर्ने लायन्स लिडरहरुप्रति आभार प्रकट गरेकाछन् ।
उनले यस क्षेत्रका क्लवहरुको सहयोग र विश्वासले नै यो ठाँउमा पुगेकाले सबै क्लवहरुप्रति पनि धन्यवाद पनि दिएकाछन् ।
