होम क्वारेन्टाईनबाट दैनिक काममा निस्किए भद्रपुरका मेयर जीवनकुमार श्रेष्ठ
दमक/ स्वास्थ्यकर्मीहरुको सल्लाहमा होम क्वारेन्टाइनमा एकसाता बसेका भद्रपुरका नगर प्रमुख जीवन श्रेष्ठ नियमित काममा फर्केकाछन् । उनले यो अवधिमा बिभिन्न भ्रम छर्ने काम भएको समेत जनाएकाछन् । होम क्वारेन्टाइनमा रहदा शुभेच्छा प्रकट गर्नेहरुप्रति उनले आभार पनि प्रकट गरेकाछन् ।
नगर प्रमुख श्रेष्ठले सामाजिक सञ्जाल फेसवुकमा लेखेकाछन्-
हरेक कदममा सहयोग र अटल बिश्वाश गरेर कोरोना भाईरस मेयरलाई लाग्यो भन्ने अनि गैर जिम्मेवार भई सबै नगरवासीलाई कोभिड-१९ सार्ने मेयर भनी हिड्ने मिडिया र प्रचारकलाई स्पष्टीकरण दिनुहुने मित्रहरू र सेल्फ क्वारेन्टिनमा बसेका बेला शुभेच्छा राखि फोन,मेसेज र घरैसम्म भेट्न फलफुल,सागसब्जी ल्याई दिनुहुने सबैमा धन्यवाद ब्यक्त गर्दछु। जनसेवामा सेतो वस्त्र पहिरिएर पुन:२०७७/२/२८ गतेबाट जुट्ने जानकारी गराउन चाहन्छु।
