२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ दमक उद्योग बाणिज्य संघले दमक नगरपालिकामा वर्तमान समयमा ब्यवसायीलाई परेको पीरमार्का तथा घरवाहल लगायतका समस्याका बिषयमा ध्यानकर्षण गराएको छ । संघका अध्यक्ष गोकुल श्रेष्ठ, पुर्व अध्यक्ष प्रकाश प्रशाई लगायतको टोली गएर दमक नगरपालिकामा आफ्ना मागहरु सहित ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापनपत्र यस्तो छ-

उपरोक्त विषयमा छलफल गर्दा विश्वव्यापी महामारीको रुपमा फैलदै गरेको कारोना भाईरस कोभिड–१९ को संक्रमणका कारण विश्व जगत नै भयभित अवस्थामा छ । कोराना संक्रमण लाई फैलन नदिनका लागि सतर्कता अपनाउने क्रममा राज्यले घोषणा गरको लकडाउन का कारण आर्थिक क्षेत्र लागायत मानविय जनजिवन नराम्रो किसिमले प्रभावित भएको छ । लकडाउन भएको लामो समय विति सक्दा पनि निजिक्षेत्रले कुनै पनि आर्थिक गतिविध तथा उद्योग व्यवसाय संचालन गर्न पाएका छैनन् ।

यति लामो समय सम्म उद्योग तथा व्यापार व्यवसाय ठप्प हुदा आर्थिक गतिविधी सुन्य आवस्थामा रहेको बखत बैक तथा वित्तिय संस्थाहरुको किस्ता तथा बैक व्याज,घरभाडा,कर्मचारी पारिश्रामीक, कर तथा राजश्व, जस्ता अनेकौ खर्च धान्न अत्यन्त कठिनाई एकतिर छदैछ भने । लकडाउन को अन्त्य कहिले हुने भन्ने समय सिमा समेत अन्यौल नै रहेकोे कारण हाल समान्य जनजिवन धान्न लाई पनि समस्या भई रहेको अवस्थामा व्यवसायी र घर धनी विच घर भाडाको विषय समेत हाल जटिल समस्याको रुपमा विद्यमान छ ।

हाल उत्पन्न समस्या कोही कसैले निम्त्याएको नभएको कारण सम्पुर्ण पक्षको साझा समस्या रहेकोले यस किसिमको समस्यालाई सौहर्दपुर्ण वातावरणमा आपसी साथ सहयोग,समन्वय र सहमतिका साथ निराकण गर्नु पर्ने भएको हुदा यस सन्दर्वमा यस दमक क्षेत्रमा व्यवसाय गरि आएका व्यवसायी हरु को संस्था नेपाल घरवहाल उपभोक्ता हकहित संघका प्रतिनिधी र व्यवसायीक प्रयोजनका लागि घर भाडा लगाउने घर धनी हरुको संस्था नेपाल घरभेटी संघका प्रतिनिधी हरु समेतको सहभागीतामा भएको यस बैठक वाट यस समस्याको समाधानका लागि स्थानिय सरकार दमक नगरपालिका कार्यालयवाट निति निर्माण गरि समाधानका निम्ती अग्रहणी भुमीका निर्वाह गर्नका लागि सुझाव पेश गर्ने निर्णय गरियो साथै उक्त समस्या समाधानका लागि निम्न लिखित बुधाहरु लाई समाबेस गराउन माग गर्ने निर्णय गरियो ।

१ सम्पति कर,व्यवसाय कर एवं घरवहाल कर, छुट गर्नका निमित्त अनुरोध गर्ने ।

२ विभिन्न वैक तथा वित्तिय संस्थाहरु वाट लिएको ऋणको वैक व्याजदर शैक्षिक शुल्क ,.विद्युत,खानेपानी, टेलिफोन लगायतका महशुलमा छुट को व्यवस्था गर्न शसक्त मुमिका निर्वाह गर्नका निमित्त अनुरोध गर्ने ।

३. हालको समस्यालाई सहजरुपमा समाधान गर्नका निम्ति दुवै पक्षलाई सहज हुने गरी स्थायनि सरकार वाट निति निर्माण गरि कार्यान्वय गराउन हुन अनुरोध गर्ने ।

४.यस समस्याको विषयमा कुनैपनि बैठक तथा छलफल कार्यक्रमको आयोजना हुदा सम्वन्धित निकाय नेपाल घरभेटी संघ,नेपाल घरबहाल उपभोक्ता हकहित संघ र दमक उद्योग वाणिज्य संघ समेतको सहभागीतामा मात्र निर्णय हुने व्यवस्था मिलाउनु हुन अनुरोध गर्ने ।

५.बहालकरको समस्या लाई दिर्धकालिन समाधानका लागि यथार्त भाडादर कायम गराई बहालको दर लाई घटाई न्युनतम् १ प्रतिशत वहलकर कायम गर्दा करको दायरा समेत वढ्न गई राजश्व संकलनमा बृद्धि हुने हुदा सो बमोजिम सुझाव पेश गर्ने निर्णय गरियो ।