आपतमा ठुलो विपत ! भारतबाट आएकालाई टिपरमा हालेर क्वारेन्टाइन लैजादा कर्णालीमा टिपर खस्यो
दमक/ कालिकोट जाँदै गरेको टिपर कर्णाली नदीमा खसेपछि अहिले त्यसमा रहेकाहरुको खोजी कार्य शुरु भएको छ । भारतबाट फर्किएका मानिसलाई क्वारेन्टाइनमा राख्न लग्दै गरेको टिपर नदिमा खसेको जनाईएको छ ।
टिपर लालिघाट बजार नजिकै दुर्घटना भएको हो । प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बिहान दुर्घटना भएको जानकारी दिएकाछन् । रासकोट नगरपालिकामा लैजाँदै गरेको अवस्थामा दुर्घटना भएको र यात्रुहरुको याकिन विवरण नखुलेको पनि उनले बताएकाछन् ।
