फेरी झापामा थपिए कोरोना संक्रमित
दमक/ झापाको मेचीनगरमा थप एकजनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । उनि भारतबाट आएका र क्वारेन्टाइनमा रहेका नेपाली भएको बताईन्छ । यसभन्दा अघि नगरपालिकामा १ जनामा कोरोना संक्रमण भएको पाईएको थियो ।
मेचीनगरमा संक्रमितको संख्या २ पुगेको छ । झापामा कोरोना संक्रमित बढ्दै गएकाछन् । अधिकाँश संक्रमित क्वारेन्टाइनमा रहेकाले समुदायस्तरमा कम जोखिम रहेको जनाईन्छ ।
