२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ आजदेखि पसल व्यवसाय र सार्वजनिक सवारी साधन चल्ने भएकाछन् । मन्त्रिपरिषदको बुधबार बेलुका बसेको बैठकले सबै प्रकारका पसल र व्यवसाय स्वास्थ्य सम्बन्धी आवश्यक मापदण्ड पूरा गरेर खोल्न दिने निर्णय गरेको जनाईएको छ । बैठकले जोर विजोर प्रणालीका आधारमा सवारी साधन समेत चल्न दिने निर्णय गरेको बताईएको छ । लकडाउनको विकल्प खोज्न सरकारलाई दबाब रहदै आएको थियो ।

मन्त्रिपरिषद्को बैठकले पसल खुल्ने दिने, निजी सवारी साधन जोरविजोर प्रणालीमा खुलाउने निर्णय गरेको छ । तर, यी निर्णय सबै ठाँउमा लागु नहुने एक मन्त्रीले जानकारी दिनुभयो । उहाका अनुसार सरकारले यसविषयमा विहिवार विस्तृत रुपमा जानकारी दिनेछ । यो प्रणाली काठमाडौं उपत्यका लगायतका कोरोना भाइरसको संक्रमण कम भएका क्षेत्रमा मात्रै लागु हुने भएको छ ।

ट्याक्सी, मोटरसाइकल लगायतका निजी सवारी साधन संचालन गर्न दिने निर्णय भएको छ । ती सवारी साधन जोर–बिजोर प्रणालीमा संचालन हुनेछन् । लामो रुटकालाई भने अहिले अनुमति दिइएको छैन । जोर अंकको गते सवारी साधनको अन्तिम अंक जोर भएका सवारी साधन र बिजोर अंकको गते सवारी साधनको अन्तिम अंक बिजोर भएका सवारी साधन मात्रै चल्न पाउनेछन् । जसअनुसार चारपांग्रे निजी सवारी साधनमा चालकबाहेक २ जना र मोटरसाइकलमा एकजनामात्रै बस्न पाउनेछन् ।