२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेपछि दमक बजार पुर्ण रुपमा खुलेको छ । यद्यपी दमक यसभन्दा अघि देखिनै आंशिक रुपमा खुलेको थियो । आजबाट पनि बजार पुर्ण रुपमा खुला भएको छ । हिडडुल तथा आवात जावत समेत निक्कै बढेको र दमक बजार सामान्य अवस्थातर्फ उन्मूख देखिन्छ ।

प्रभावकारी न्यूजले दमकका पसल तथा बजार अनुगमन गर्दा पसल खोल्दा न्यूनतम सावधानी समेत अपनाएको पाईदैन । पसल अगाडि हात धुने तथा ह्याण्ड सेनिटाइजर समेत राखिएको छैन । यसले जोखिम बढाएको छ । सरकारले आधारभूत सावधानी अपनाएर पसल तथा ब्यापार ब्यवसाय खुला गर्न दिइने निर्णय गरेको हो । अन्यथा खोल्न पाइदैन । तर यसको अनुगमन कस्ले गर्ने ?

दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले जिल्लामा र नगरमा समेत यसको अनुगमन गर्ने संयन्त्र बनाईएको भन्दै अनुगमन गरिनु पर्ने बताए । जसले हेल्चेक्राइ गर्छ र आधारभूत मापदण्ड समेत पुरा गरेर पसल खोल्दैन उसलाई कार्वाही गरे हुन्छ, श्रेष्ठले भने । हामी त्यस्ता ब्यवसायीको पक्षमा बोल्दैनौ, उनले भने ।

पछिल्लो समयमा भारतबाट नेपालीहरु आउने क्रम बढेसंगै जोखिम बढ्दो छ । लुकिछिपी भारतबाट आएकाहरुबाट अहिले पनि ठुलो खतरा रहेको छ । यसले गर्दा सावधानी अपनाउनु अनिवार्य रहेको छ र समयमा नै सचेत बन्नुपर्छ । अन्यथा यसले भयाभह रुप लिन सक्छ ।

एकजना ब्यवसायी तथा पसल सञ्चालकलाई कहि कतैबाट कोरोना संक्रमण भयो र सावधानी अपनाईएन भने यसबाट भोली कतिजनाले मानसिक तनाव भोग्नु पर्ला ? आखिर ब्यवसायी पनि सुरक्षित बन्नुपर्छ र संगसंगै उपभोक्तालाई पनि सुरक्षित बनाउनुपर्छ । यसमा सम्बन्धित पक्षको ध्यान जाओस