२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापामा आज एकैदिन थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस मध्ये अधिकाँश कचनकवलका रहेकाछन् । पछिल्लो सार्वजनिक भएको विवरण अनुसार आज कोरोना संक्रमण पुष्टि भएका मध्ये कचनकवलका ११ जना र बाह्दशी गाँउपालिकाका २ जना रहेकाछन् ।

देशका विभिन्न प्रयोगशालामा आज गरिएको परीक्षणका क्रममा थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । त्यसमध्ये झापाका १३ हुन् ।

झापामा योसहित १ सय ६९ संक्रमित पुगेका छन् । कचनकवलमा मात्र १ सय २४ जना संक्रमित पुगेका छन् । झापामा ९२ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।