यो बर्ष दमकलाई डुवान हुन नदिन र पानीको निकासको ब्यवस्था गर्न वडा कार्यालयहरुलाई निर्देशन
विष्णुप्रसाद पोखरेल
दमक/ सामान्य पानी पर्दा पनि तलाउ जस्तो हुने दमकका अधिकाँश भुभागहरुमा यो बर्ष यस्तो नहोस भनेर पुर्व तयारी र शर्तकता अपनाउने तयारी भएको छ । दमकमा दीपेनी लगायतका खोलाहरु अतिक्रमण र ढल निकासको उचित प्रवन्ध नभएका कारणले दमक बर्षेनी डुवानमा पर्ने गरेको छ ।
बर्षायामको समयमा दमकको आधा भुभाग जलमग्न हुने गरेको छ । प्रमुख बजार तथा चोक क्षेत्र पनि डुवान हुने गरेको छ । यसले गर्दा स्थानीय सरकारको आलोचना पनि भएको पाइन्छ । सामान्य झरी पर्दा समेत जलमग्न हुने दमक ठुलो बर्षादमा झनै पोखरी झै बन्ने गरेको बिगतको अनुभव छ ।
दीपेनी आसपासको क्षेत्र, फाल्गुनन्द चोक आसपासको क्षेत्र, दमकको जेसिज चोकको आसपासको क्षेत्रमा बर्षामा पानीले भरिएको हुन्छ । यस्तो यो बर्ष नहोस भनेर समयमा नै सचेत बन्दै पानी निकासको प्रवन्ध गर्न वडा कार्यालयलाईहरुलाई नगरपालिकाले निर्देशन दिएको छ ।
पुर्वधार विकास समितिको बैठकले यसका लागि बजेट समेत विनियोजन गर्दै वडा कार्यालयहरुलाई यो निर्देशन दिएको पाईएको छ । निर्देशन कहिले कार्यान्वयन हुने हो यो भने हेर्न बाँकी रहेको छ ।

