नक्सा परिवर्तनको ऐतिहासिक निर्णयको स्वागतमा आज साँझ साढे ६ बजे दमक चोकमा दीप प्रज्वलन हुँदै
दमक/ संघीय संसदको प्रतिनिधिसभाबाट आज निशान छापमा समेटिएको नक्सा नेपालको नक्सा अनुसार परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव पारित भएको खुसियालीमा आज साँझ दमकको गणतन्त्र चोकमा दीपावली हुने भएको छ ।
नेकपाका नेता एवं दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीका अनुसार सबैको उपस्थितिमा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।
यो ऐतिहासिक दिन भएकाले यसको स्वागतमा सबैलाई साँझ साढे ६ बजे उपस्थितिका लागि अनुरोध छ, उनले भने । नेपाल सरकारको यो कदमले सर्वत्र खुसियाली रहेको छ ।
