ऐतिहासिक कदमको स्वागतमा दमक सहित देशभर दीपावली
दमक/ नेपालको वास्तविक भूगोल समेटेर नक्सा सार्वजनिक भएपछि निशान छाप परिमार्जनका लागि सरकारले अघि बढाएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । यो एउटा ऐतिहासिक घटनाक्रमको रुपमा लिईएको छ । सम्पूर्ण राजनीतिक दलहरु यसमा एक ठाँउमा उभिएकाछन् ।
यसको स्वागतमा झापाको दमक सहित देशभर नै दीपावली भएको छ र खुसियाली मनाईएको छ । यो सरकारको अहिलेसम्मको सबैभन्दा महत्वपुर्ण कामको रुपमा पनि यसलाई हेरिएको छ । अब भारतसंग बार्ता गरेर त्यहाँबाट भारतीय सेना हटाउनु पर्नेमा जोड पनि दिईएको छ ।
स्वभिमानको पक्षमा दमकमा दीपावली
Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Saturday, 13 June 2020
