२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापा दमकका युवा ब्यवसायी एवं सामाजिक अभियान्ता,लायन्स क्लव अफ दमक गोल्डका द्वितीय उपाध्यक्ष श्याम तिम्सिना र सीता तिम्सिनाले असहाय मानव सेवा समाज दमकले शुरु गरेको भोकालाइ भोजन अभियानलाई सहयोग गरेकाछन् ।

आज आफ्नो वैवाहिक बर्षगाठको अवसरमा ९१ जना असायहरुलाई खाना तथा पानीको प्रवन्ध मिलाएको बतार्ईएको छ । यसभन्दा अघि देखि नै तिम्सिना यो अभियानमा निरन्तर रुपमा लागि पर्दै आएका थिए । तिम्सिना जोडिले नगद ५ हजार १ सय संस्थालाई उपलब्ध गराएको छ ।

यसैबीच लायन्स क्लब अफ दमक गोल्डले फरक क्षमता भएका अपाङ्गता भएका गौरीगंजका एक व्यक्तिलाई व्हील चेयर प्रदान गरेको छ ।

गौरीगंज गाउँपालिका वार्ड नं. ६ बस्ने बर्ष ३६ का अपाङ्गता भएका रंजित थापालाई आज क्लवले ह्वील चियर प्रदान गरेको हो । गौरीगंज गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

क्लवका संस्थापक अध्यक्ष काँशी खाती, इलेक्टेट प्रेसिडेन्ट रिङ्ग कुमार आचार्य लगायतका लायन्सकर्मीहरुले गौरीगन्ज पुगेर ह्वील चियर प्रदान गरेको क्लवका सचिव नवीन ताम्राकारले बताएकाछन् ।