दमक गोल्डकप फुटवल प्रतियोगिता हुने
दमक/ झापाको दमकमा प्रत्येक बर्ष निरन्तरता दिने भनिएको दमक गोल्डकप फुटवल प्रतियोगिता चालु आर्थिक बर्षमा हुन नसकेपनि आगामि बर्ष हुने भएको छ । नगरपालिकाको आँउदो बर्षका लागि प्रस्तुत भएको नीति तथा कार्यक्रममा यो बिषय समावेश भएको हो ।
दमक नगरपालिका उपप्रमुख गीता अधिकारीद्धारा प्रस्तुत भएको नीति तथा कार्यक्रमममा यसलाई समावेश गरिएपछि आँउदो बर्ष कार्यक्रम हुने निश्चित बनेको बताईन्छ । दमक गोल्डकप फुटबल प्रतियोगीतालाइ निरन्तरता दिईनेछ, नीति तथा कार्यक्रममा उल्लेखछ ।
