दमक ६ मा २ जना भारतबाट आएर लुकेर बसेको थाहा पाएपछि…..
दमक/ झापाको दमक ६ मा भारतबाट दूइजना आएर नगरपालिकासंग समन्वय नगरी बसेको पाईएपछि स्थानीयले आक्रोश पोखेकाछन् । तत्काल वडा कार्यालयको पहलमा जनप्रतिनिधिहरु आएर उक्त घर सिल गर्नुको साथै पसल पनि बन्द गराएकाछन् ।
शंखघर साख्वा चोक र इलाका प्रशासन कार्यालय बीचमा रहेको एक घरमा आमाछोरी त्यहाँ आएर बसेको खुलेको छ । श्रीमान त्यहि टेलर्ष सञ्चालन गर्दै आएका थिए । उनिहरु भारतीयहुन् ।
वडाध्यक्ष टेकबहादुर थापा, वडा सदस्य कमल श्रेष्ठ सहितको टोली आएर पिसिआर जाँच र रिर्पोट नआएसम्म घर पसल सिल गरेको जानकारी दिएकाछन् ।
उनिहरु भारतबाट आएको वडा कार्यालय तथा नगरपालिकाको जानकारीमा रहेको थिएन । नगरपालिकाले बारम्बार रुपमा विदेशबाट आउनेलाइ नगरपालिकाको सम्पर्कमा रहन आग्रह गर्दै आएको छ ।
दमक ६ मा भारतबाट आएका २ जना लुकेर बसेको पत्तो पाएपछी घर र पसल सिल । पिसिआर परिक्षण गर्न दबाब र स्थानियहरु आक्रोसित ।
Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Monday, 22 June 2020
