खाल्डोमा जमेको पानीमा डुबेर झापामा एक नाबालिकाको मृत्यु
झापा । खाल्डोमा जमेको पानीमा डुबेर झापामा एक नाबालिकाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका ६ कञ्चनवारि बस्ने श्याम कुमार टुडुको डेढ बर्षीया छोरी अनुसा टुडुको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ ।
बुधवार दिउँसो ३ बजेको समयमा घरमै खेल्ने क्रममा घर नजिकैको पानी जमेको खाल्डोमा डुबेको अवस्थामा नाबालिकालाई मृत अवस्थामा परिवारजनले फेला पारी प्रहरीलाई खबर गरेका थिए ।
