२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ दमक नगर प्रमुख रोमनाथ ओलीले आफुले नगरबासीको हितलाई सर्वोपरी ठानेको र त्यसै अनुसार नीति तथा कार्यक्रम आएको बताएकाछन् । नगरपालिकाको सातौ नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नु अघि करिब ५ मिनेट उनले निक्कै भावुक र मर्मस्पर्शी भनाई राखे ।

उनले आफु कहिल्यै गलत नगर्ने जनाउदै जनप्रतिनिधिहरुलाई पनि आफ्नो फाइदा नहेर्नका लागि आग्रह गरे । उनले निस्वार्थ भावले जनताको सेवा गर्ने अवसरको रुपमा आफुहरुलाई उभ्याउनु पर्ने सुझाव दिए । मैले अहिलेसम्म गलत गरेको छैन र अब पनि गलत गर्दिन, उनले प्रतिबद्धता राखे ।

उनले नगरबासीको स्वार्थभन्दा अन्य स्वार्थ नरहेको पनि जनाएकाछन् । जेलनेल भोगेको स्मरण गर्दै जनताको सेवा गर्ने उ बेला नै प्रण गरेको पनि उनले नीति तथा कार्यक्रम ल्याउदा बताए । कमाउने सोच भएको भए पहिला पनि नगर प्रमुख भएको हुँ कमाउने सक्थे होला तर मैले कमाउनु पर्छ र गलत गरेर भपनि सुखसयलमा रमाउनुपर्छ भन्ने लागेन, उनको भनाई थियो ।

हामीले आधा कार्यकाल पुरा गरिसकेका छौ र अब केहि समय बाँकी छ यो अवधि अधिकतम जनताको सेवामा लगाउनु छ, ओलीको भनाई थियो ।  ओलीको भनाई सुनिरहदा सभा हल सोचमग्न बनेको थियो । जनप्रतिनिधिहरुको आधा कार्यकाल पुरा भइसकेको छ ।