२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक / दमक नगरपालिकाका कर्मचारीरुले प्रोत्साहन भत्ता सुविधा नलिने भएकाछन् । कोरोना संक्रमणको अवधिभर यो नलिने घोषणा यस अघि नै भएको थियो । नगरपालिकाले ल्याएको बजेटमा आँउदो बर्ष यो सुविधा कर्मचारीले नलिने र बजेट नराखिएको बताईएको छ ।

दमक नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार स्थानीय सरकारले नियमसंगत कर्मचारीलाई अतिरिक्त रुपमा दिएको सुविधा तथा भत्ताहरु कटौती गरिएको छ । यस्तो अवस्थामा त्यो सुविधा बापतको रकम जनताको हितमा खर्च होस भन्ने कर्मचारीहरुको चाहाना रह्यो, उनले भने ।

कर्मचारीहरुको नै स्वइच्छाले उक्त रकम कोरोना रोकथाम तथा उपचारमा लगाउनका लागि यस्तो गरिएको हो । यसबाट करिब ५० लाख रुपिया बच्ने पनि जनाईएको छ । १० प्रतिशतसम्म अतिरिक्त सुविधा कर्मचारीहरुलाई प्रदान गरिदै आएको थियो । नगरपालिका कर्मचारीले यो आर्थिक बर्षमा कोरोना सक्रमण फैलिए यताको रमक कोराना रोकथाम तथा उपचार कोषमा हालेकाछन् ।

कोरोना संक्रमण यहाँ देखिन शुरु गरेदेखि नै कर्मचारीहरुले उक्त रकम नलिई कोरोना संक्रमण रोकथाम तथा उपचारमा खर्च गर्ने भनिएको थियो र यो आर्थिक बर्षमा यसका लागि बजेट हालिएको छैन, तिम्सिनाले भने । दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले कर्मचारीहरुलाई यो सुविधा नलिने घोषणा गरेको भन्दै नगर सभामा धन्यवाद दिएकी थिइन् ।