२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्रि हिक्मत कार्कीले अबको दूई बर्षमा अधुरा रहेका पुर्वधार विकासका कामहरु पुरा हुने बताएकाछन् । उनले कोरोनाको संक्रमण रोकथाम संगै विकास निर्माणको गतिलाई पनि बढाएर पुर्वधार विकासका कामलाई अघि बढाउने जनाएकाहुन् ।

कमल गाँउपालिकाको गाँउ सभालाई उद्घाटन गर्दै उनले आफ्नो क्षेत्रको विकास तथा यहाँको समस्या सामधान गर्न आफु सधै तत्पर रहेको जनाएकाछन् । उनले आफु यस क्षेत्रका जनताको चाहानालाई सम्मान गर्ने जनाउदै आशा र भरोसा टुटन नदिने बताए ।

गाँउ सभामा गाँउपालिका उपाध्यक्ष बेनु प्रसाद शिवाकोटीले कुल ८१ करोड ८५ लाख ९१ हजार ७ सय ९९ रुपैयाँको अनुमानित आय–व्यय प्रस्तुत गरेका थिए । स्वास्थ्य, कृषि, शिक्षा लगायतको क्षेत्रमा बजेट प्राथमिकतामा रहेको छ ।

गाँउपालिका अध्यक्ष मेनुका काफ्लेले नीति तथा कार्यक्रममा जनताका भावनाहरु समेटिएको जनाएकीछन् । उनले अहिले कोरोना संक्रमणबाट जनतालाई जोगाउनु पहिलो प्राथमिकता भएको पनि जनाईन् ।