दमकका खोलानाला सौन्दर्यकरण गरेर सिंगापुरजस्तै चम्काउन सकिन्छ -गगन पुरी (भिडियो सहित)
विष्णुप्रसाद पोखरेल
दमक/ नेपाल कम्यूनिष्ट पार्टी नेकपाका नेता गगन पुरीले झापाको दमकमा दीपेनी, बेतनी, खरखरे र रातो होली लगायतका खोलाहरुको सौन्दर्यकरण गरेर दमकको मुहार फेर्न सकिने बताएकाछन् । यि खोलाले ९ वटा वडालाई छुने र यसले रोजगार, उत्पादन र आयश्रोत बढ्ने उनको दाबी छ ।
यो योजनालाई लाख वा करोड होइन अरबौको खर्च लाग्छ, उनले भने । खोलाको सौन्दर्यकरणको परियोजना दमकको मात्र नभएर झापाकै ठुलो योजना र प्रदेशको गौरवको योजना बन्नेछ, पुरीको दाबी रहेको छ । यस बिषयमा खानेपानी मन्त्रालयमा समेत प्रस्ताव पेस गरेको र रातो कितावमा पनि यो बिषय उल्लेख भएको उनको भनाई छ ।
उनले यो काम अघि बढेको पनि जनाएकाछन् । यसमा आफ्नो स्वार्थ नरहेको पनि जनाए । आफु यसको समितिमा बस्ने चाहाना नरहेको र अरुलाई नै राखेर समिति समेत बनेको उनले जनाए । म यसलाई योजनामा हाल्न र बजेट ल्याउन पहल गर्नेमात्र हो, पुरीले भने ।
उनले ५ बर्षपछि सिंगापुर र दुवईको आनन्द यहि भेट्ने पनि दाबी गरे । यो योजना पुरा भएपछि हामी सिंगापुर, दुवई, अमेरीका र भारत लगायतका देशका पर्यटक अब हामी दमक भित्र्याउन सक्छौ र भित्र्याउछौ, पुरीले भने । यो असम्भव नरहेको र चाँडै यो सपना पुरा हुने उनको दाबि छ ।
पुरीले यो बिषयम केहि दिन अघि दमकको नगर सभामा राखेपछि यसले थप चर्चा पाएको छ । यस योजनाको बिषयमा जनस्तरमा समेत चासो र बहस समेत हुन थालेको छ । नगरपालिकाले पनि यि खोलाको बिषयमा नीति तथा कार्यक्रममा एउटा बुदा समावेश गरेको छ ।
दमकको पुरानो खोलानालाको सौन्दर्यकरणको प्रस्ताब | अरबौको बजेट । किन र कसरी आयो यो प्रस्ताब-गगन पुरी, नेकपा झापा
Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Wednesday, 24 June 2020
