झापाको दमकमा बन्ने भयो नयाँ पार्क, रोटरी क्लव अफ दमकको रोटरी सामुदायिक पार्कको शिलन्यास
दमक/ झापाको दमक ८ मा रोटरी सामुदायिक पार्क बन्ने भएको छ । करिब अढाई कठ्ठा जमिन वडा कार्यालय मार्फत दमक नगरपालिकाले भोगाधिकार प्रदान गरेपछि रोटरी क्लव अफ दमकले उक्त जग्गामा रोटरी सामुदायिक पार्क बनाउन लागेको हो ।
क्लवका अध्यक्ष सन्दिप चापागाईको अग्रसरतामा जमिन ब्यवस्थापन सहित पार्क बन्न लागेको जनाईएको छ । शुक्रबार विहान दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले पार्कको शिलन्यास गरेकाछन् ।
उपप्रमुख गीता अधिकारी लगायतको पनि उपस्थिति रहेको थियो । सरकारी तथा ऐलानी जग्गा संरक्षणका लागि नगरपालिकाले पार्क तथा सामुदायिक भवन निर्माणको कामलाई प्राथमिकता दिदै आएको बताईन्छ ।
पछिल्लो समयमा सार्वजनिक मिच्ने प्रवृती बढ्दै गएको अवस्थामा पार्क निर्माणलाई महत्वपुर्ण मानिएको छ । पार्क निर्माणले जग्गा संरक्षणसंगै आपत बिपत्को समयमा खुला क्षेत्रको समेत विकास हुने देखिन्छ । नगरमा रतुवा खोलाधार लगायत बिभिन्न क्षेत्रमा सयौ बिगाह जमिन अतिक्रमणको चपेटामा रहेको छ ।
