२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

काठमाडौं- पिसिआर विधिबाट कोरोना परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १० वटा प्रयोगशाला सञ्चालन गर्ने निर्णय गरेको छ।

पिसिआर परीक्षणको क्षमता बढाउने भन्दै मन्त्रालयले थप वटा प्रयोगशाला सञ्चालन गर्ने निर्णय गरेको हो। मुलुकभर हाल २३ वटा प्रयोगशाला सञ्चालनमा छ। यो सँगै प्रयोगशालाको संख्या ३३ पुग्ने मन्त्रालयले जनाएको छ।

मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैंलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, सशस्त्र प्रहरी अस्पताल, पाल्पा अस्पताल, धौलागिरी अस्पताल, धनकुटा अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल र नेपाली सेना अस्पतालमा प्रयोगशाला थप गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ।