कहिलेसम्म आयतित बेसार खाने ? दमकलाई बेसार जोन घोषणा गरौ-श्याम कार्की
विष्णुप्रसाद पोखरेल
दमक/ दमक वडा नंं. ७ का वडा सदस्य श्याम (धनेश्वर) कार्की अहिले आफ्नो हक्की स्वभाव र निष्पक्ष आलोचना गर्ने प्रवृती कारण दमकमा चर्चामा रहेकाछन् । उनले दमक नगरपालिकाको सातौ नगर सभामा आइपुग्दा हरेक समय लिखित रुपमा आफ्ना सुझावहरु खरो रुपमा प्रस्तुत गर्ने गरेकाछन् । उनले खुलेर आलोचना पनि गरेकाछन् ।
पछिल्लो सातौ नगर सभामा पनि उनले खुलेर आफ्ना भनाई र सुझाव राखे । कमजोरी औल्याए । नगर सभामा मौन बसेर तालि पड्काउनमात्र हामीलाइ जनताले पठाएका होइनन् यसर्थ हामी बोल्न किन डराउने ? मुख किन चपाउने उनि भन्छन् । राम्रा कामको खुलेर प्रशशा र गलतको खोलेर बिरोध गर्ने स्वभाव उनको परिचय बनेको छ ।
उनले पछिल्लो सातौ नगर सभामा दमकलाई बेसार जोन बनाउन माग राखेकाछन् । प्रधानमन्त्रीले बेसारको औषधिय गुण बताएर रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिने बताएपछि आलोचना भइरहेका बेला अहिले पनि दमकमा आयतीत बेसार आइरहेको भन्दै उनले बेसार जोन घोषणा गर्न माग गरे ।
चालू आर्थिक वर्षको १० महिनामा नेपालले २७ करोड ९५ लाख ११ हजार रुपैयाँ बराबरको बेसार तथा यसका कच्चा पदार्थ आयात भएको छ । ब्यवसायिक रुपमा बेसार खेतीको सम्भावाना राम्रो रहेको जनाईएको छ । हरेकको भान्सामा तरकारीमा बेसारको अधिकतम प्रयोग हुँदै आएको छ ।
बेसार जिन्जिबेरसी(Zingiberaceae) परिवारको एक कन्दमूल हो। यसको वानस्पतिक नाम ‘करक्यूमा लोगा’ हो। नेपालमा सदियौंखि ऋषिमुनिहरूले यसको प्रयोग एक औषधिका रूपमा गर्दै आएको र आयुर्वेदमा यसको गुणहरूको पर्याप्त बयान गरेको पाइन्छ।
विकिपिडिया उल्लेख भए अनुसार बेसारमा हुने ‘कुरकुमिन’ नामक जैविक रसायनका कारण नै बेसार पहेँलो देखिएको हो। यस रसायनमा विभिन्न औषधिय तत्त्व पाइन्छ। पौष्टिक तत्वहरूको रूपमा यस बेसारमा भिटामिन ‘ए’ १७५ प्रति सय ग्राममा, केही मात्रामा भिटामिन ‘बि’, ‘बि-२’, ‘सि’ र खाद्य ऊर्जा -क्यालोरी) ३९० क्यालोरी प्रति एक सयग्राममा पाइन्छ भनेका छन्। भने खनिजमा क्याल्सियम, फस्फोरस, फलाम आदि प्रचुर मात्रामा पाइन्छ।
मसलाको समूहमध्ये अग्रपङ्क्तिमा आउने बेसार, लसुन र प्याजका अतिरिक्त हाम्रो भान्छामा सधैं भइरहने उपयोगी सामग्री हो।बेसारले हाम्रो भोजनलाई आकर्षक त अवश्य बनाउँछ तर यसको अलावा केही विशेष तत्वहरू पनि प्रदान गर्छ। बेसारमा कीटाणुहरूलाई मार्ने शक्ति हुन्छ भन्ने तथ्य विभिन्न वैज्ञानिक अनुसन्धानहरूले सिद्ध गरिसकेका छन्।
