लकडाउन खुकुलो भएसंगै पुरानै लयमा फर्कदै दमक
विष्णुप्रसाद पोखरेल
दमक/ लामो समयको लकडाउनका कारण बन्दाबन्दिको अवस्थामा रहेको दमक विस्तारै पुरानै लयतर्फ फर्कदै गएको छ । लकडाउन अघिको अवस्थातर्फ उन्मूख रहेको पाईएको छ । पसल एवं ब्यापार ब्यवसायहरु खुला हुन थालेकाछन् ।
होटल, ब्यूटीपार्लर लगायत खोलेको घोषणा नभएपनि सामान्य रुपमा खुल्न थालेकाछन् । किस्ता तिर्न बाध्यताका कारण पसलका सामाग्रिहरु बिग्रने अवस्था आउन लागेपछि ब्यवसायीहरुले स्वतस्फूर्त रुपमा सबै प्रकारका पसल एवं ब्यवसाय खुला राख्न थालेकाछन् ।
स्थानीय सरकार र प्रशासनले पनि अब भने बजार खुला तथा बन्दको विषयमा चासो राख्न छाडेको छ । सावधानी अपनाएर र कोरोना संक्रमण नहुने गरी सुरक्षा शतर्कता अपनाएर किनमेल गर्नका लागि आग्रह गर्न थालेको छ । सचेत नहुने र ब्यापार ब्यापार ब्यवसायमात्र खोल्ने हो भने भोली फेरी भयाभह अवस्था आउन सक्छ ।
सरकारी निकायका कार्यक्रम हुन् या सामाजिक संघसंस्थाका कार्यक्रमहरु अब रोकिन छाडेकाछन् । कार्यक्रमहरु धमाधम हुन थालेकाछन् । यसले अब दमक पुरानै अवस्थातर्फ फर्कन थालेको देखिन थालेको छ । यद्यपी यसले जोखिम बढाएको स्वास्थ्य क्षेत्रका अगुवाहरु बताएकाछन् ।
दमकमा अहिलेसम्म ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । एकजना बाहेक सबै सुरक्षित रुपमा क्वारेन्टाइनमा बसेकाहरु रहेकाछन् । जसका कारण अहिलेसम्म समुदायमा कोरोना संक्रमण भएको अवस्था देखिदैन ।
