२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमकमा जथाभावि रुपमा औषधि पसलमा गएर आरडिटी परीक्षण गर्दा यसको रिर्पोट पोजेटिभ आँउदा दमकका कतिपय प्रतिष्ठित ब्यापारीहरु नै तनावमा परेकाछन् । आफुखुसि रुपमा आरडिटी परीक्षणको कीट किनेर जाँच गरेर हेर्दा पोजेटिभ देखिएपछि खैलाबैला मच्चिएको छ ।

दमकमा एकजनाको जाँचमा आरडिटी पोजेटिभ आएपछि उनिसंग हिमचिम भएका सबैजना त्रसित भएका थिए । यद्यपी उनिहरुको पिसिआर परीक्षण रिर्पोट सबैको नेगेटिभ आएको छ । आरडिटी पोजेटिभ आएका ब्यापारीको पनि पिसिआर रिर्पोट भने नेगेटिभ आएको छ ।

दमकमा अहिलेसम्म समुदायस्तरमा कोरोना संक्रमण रहेको छैन । ६ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ५ जना क्वारेन्टाइनमा रहेकाहरु रहेका थिए । उनिहरु उपचाररत रहेकाछन् । शुरुवातमा कोरोना पुष्टि भएका दमक ३ का बृद्ध निको भएर घर फर्केकाछन् ।

पछिल्लो दूइ पटक जाँच गरिएका ५० भन्दा बढिको रिर्पोट नेगेटिभ आएको बताईएको छ । ब्यवस्थित क्वारेन्टाइनका कारण दमकमा समुदायमा कोरोना संक्रमणको जोखिम भएको जनाईन्छ । होम क्वारेन्टाइनमा रहेकाहरुले पनि क्वारेन्टाइनको नियम पालना गरेको दमक नगर स्वास्थ्य शाखाको दाबी छ ।

दमकमा समुदाय स्तरमा कोरोना संक्रमण नरहेपनि संक्रमण भेटिएको भन्दै हल्ला भने फैलिदै आएको छ । कहिले शब्जि बजारमा त कहिले दमकका कतिपय ब्यापारीको नाम लिएर कोरोना लागेको भन्दै हल्ला फिजिने गरेको छ । दमक नगरपालिक स्वास्थ्य शाखाका अनुसार समुदायस्तरमा र पछिल्लो दूईदिनयता कसैमा पनि कोरोना पोजेटिभ देखिएको छैन ।