मन्त्रि हिक्मत कार्कीले दमकमा जब मेसिनबाट धान रोपे
दमक/ १७औ राष्ट्रिय धान दिवस झापाको दमकमा भब्य रुपमा मनाईएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना धान सुपरजोन झापाको संयोजनमा दमकमा प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्रि आन्तरिक मामिला तथा कानून मन्त्रि हिक्मत कार्कीको प्रमुख आतिथ्यमा धान दिवस मनाईएको हो ।
मन्त्रि कार्कीले आधुनिक कृषि उपकरणको प्रयोग गरेर धान रोपेर कार्यक्रम उद्घाटन गरे । मानसरोबर कृषि सहकारी संस्था लि दमक ३ ढुकुरपानिले यसको संयोजन गरेको थियो । चाक्लाबन्दी खेती प्रणाली कृषिको व्यावसायिककरण, आधुनिकीकरण र यान्त्रिकिकरण कार्यले अब कृषिमा नयाँ आयाम थपिएको मन्त्रि कार्कीले सो अवसरमा बताए ।
मन्त्रि कार्कीले प्रदेश सरकारले कृषि मैत्री बजेट, नीति तथा कार्यक्रम बनाएको पनि जनाए । कृषि पेशालाई ब्यवसायिक बनाउनका लागि प्रदेश सरकारले किसानहरुसम्म प्रत्यक्ष पुग्ने गरी कार्यक्रमहरु बनाएको जनाउदै निराश हुनुपर्ने अवस्था नरहेको उनले बताए ।
