२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/  दमकमा मुक्तिघाट बन्ने बताईएको छ । प्रत्येक बर्ष दमक नगरपालिकाको नीति तथा कार्यक्रममा यो समावेश भएपनि निर्माण शुरु हुन सकेको छैन । करिब ५० लाख रुपिया यो निर्माणका लागि कोष पनि नगरपालिकासंग रहेको छ ।

दमकमा मुक्तिघाटको डिपिआर समेत बनिसकेको जनाईएको छ । मुक्तिघाट निर्माण नभएको र यसका लागि छुटिएको रकम दुरुपयोग भएको भन्दै संघीय साँसद महेन्द्रकुमारी सुब्बाले बारम्बार कुरा पनि उठाउदै आएकीछन् ।

हामी आँउदो बर्ष निर्माणको काम शुरु गर्छौ र यसका लागि पहिला भनिएको बजेट कोषमा नै रहेकोछ, दमक नगरपालिका प्रमुख रोमनाथ ओलीले भने । मुक्तिघाट निर्माण स्थानीय तहको निर्वाचनमा उम्मेद्वारहरुको घोषणापत्रमा पनि उल्लेख रहेको थियो ।