आजलाई होईन, भोलिलाई ५ वर्ष ओलीलाई भन्दै दमकमा निस्किए युवा देखि बृद्धसम्म
दमक/ राष्ट्रियताको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको अडानले गर्दा उनि नेपालको राजनीतिको मुख्य केन्द्र विन्दुमा रहेको अवस्थामा सरकार परिवर्तनको खेलले अहिले राजनीतिक क्षेत्र तातेको छ । पार्टीको आन्तरिक बिवाद छताछुल्ल भएको छ ।
आफ्नो गुमेको भूमिलाई नेपालको नक्सामा समावेश गरेपछि भारतीय डिजाइनमा प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट नै हटाउन खोजिएपछि उनको गृह नगरमा स्वतस्फूर्त रुपमा प्रर्दशन भएको छ ।
स्थिर सरकारको पक्षमा आफुहरु दबाब दिन सडकमा आएको प्रर्दशनमा आएकाहरुले बताएकाछन् । उनिहरुले भारतीय विस्तारवाद मुर्दाबाद, आजलाई होईन भोलिलाई ५ वर्ष ओलीलाई लगायतका नाराहरु सहितको प्लेकार्ड बोकेका थिए । साथमा राष्ट्रिय झण्डा पनि सहभागिहरुको हातमा रहेको थियो ।
पार्टीका केहि नेताहरुले सामाजिक सञ्जाल मार्फत उक्त कार्यक्रममा सहभागि नहुनका लागि भनेपनि सरकार फेर्न र अस्थिरता निम्त्याउन पाइदैन भन्दै पार्टीका युवा नेता तथा कार्यकर्ताहरु पनि सडकमा उत्रेको देखिएको थियो ।
तत्कालिन युवा संघ झापाका अध्यक्ष शम्भु भण्डारीले आफुहरु कुनै अमुक नेताको समर्थन वा विरोधमा नभई स्थिर सरकारको पक्षमा रहेको बताए । उनले भारतको इशारामा र डिजाइनमा लागेर राष्ट्रियतालाई कमजोर बनाउन खेल विरुद्ध लाग्ने आफ्नै नेता विरुद्ध पनि आफुहरु लाग्ने चेतावनी दिए ।
दमकमा ओली र स्थिरताको पक्षमा स्वतस्फूर्त प्रदर्सन । राष्ट्रिय ताको पक्षमा प्लेकार्ड र नेपालको झन्डा सहित आए युवा देखी बृद्धसम्म
Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Saturday, 4 July 2020
