२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

झापा । झापामा आइतबार थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा दमक नगरपालिका ४ र ५ का रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । संक्रमित दुवै जना केही दिन अगाडी बहराईन र कुवेतबाट आएका हुन् ।उनीहरु स्थानिय क्वारेन्टाइनमा बसेका थिए ।

योसँगै झापामा संक्रमितको कुल संख्या २८६ पुगेको छ । भद्रपुरमा ६, मेचीनगर ४१, बिर्तामोड ३, कनकाई ११, अर्जुनधारा १३, दमक ९, गौरादह ११, शिवसताक्षी ३, बुद्धशान्ति १६, हल्दिवारी ११, कचनकवल १३३, कमल १, गौरीगञ्ज १८, बाह्रदशी ८ र झापामा २ जना पुगेको छ । जिल्लाको कुल संक्रमित मध्ये १९७ जना निको भएर घर फर्कीएका छन् ।

दमकमा रेकर्डमा ८ जनामात्र रहेपनि दमककी एक महिलामा भरतपुरमा जाँच गर्दा कोरोना संक्रमण देखिएको थियो । उनि दमकबाट क्यान्सको उपचारका लागि भरतपुर गएकी थिइन् ।