२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/  ब्यवसायीक तथा सामाजिक क्षेत्रमा आफ्नो नामलाई उच्च बनाएका संगम शर्मा सहितको परिवारमा मातृशोक परेको छ । संगम शर्मा सहित लायन्स क्लव अफ इन्टरनेशल ३२५ ए वानका रिजन चियर पर्सन बिमल शर्मा, सुमन शर्मा, र दिलिप शर्माकी ममतामयी आमा यसोदा शर्माको ७२ बर्षको उमेरमा आज दमक ५ नीजि निवासमा निधन भएको हो ।

उहाँ केहि समययता अस्वस्थ रहनु भएको थियो । शर्मा परिवारका अनुसार भोली २४ गते बुधबार बिहानको ८ बजे कन्काई माईखोलामा अन्तिम दाहसंस्कार हुने जनाईएको छ । यस प्रभावकारी न्यूज परिवार उहाँको निधनप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछ ।