बर्षाबाट हुनसक्ने सम्भावित क्षतिको बारेमा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीको यस्तो आग्रह
दमक/ प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्रि हिक्मत कार्कीले नदि किनारका वस्तीमा हुनसक्ने क्षती प्रती सजक हुन र आउन सक्ने बाढी,पहिरो लगायत बिपदका सन्धर्भमा सुरक्षीत रहन आग्रह गरेकाछन् । उनले क्षति न्यूनिकरण तथा सम्भावित जोखिम कम गर्नका लागि सरोकारवाला निकायहरुसंग समन्वयका साथ काम भइरहेको पनि जनाएकाछन् ।
उनले आफ्नो आधिकारीक सामाजिक सञ्जाल फेसबुक पेजमा लेखेकाछन्-मनसुनको प्रभाव बढ्दैछ, असार २५-२८ मा बढी बर्षा हुने मौसम पुर्वानुमान गरिएको छ । नदि किनारका वस्तीमा हुनसक्ने क्षती प्रती सजक हुन र आउन सक्ने बाढी,पहिरो लगायत बिपदका सन्धर्भमा सुरक्षीत रहन आवश्यक उपाय अबलम्बन गर्न जिल्ला विपद ब्यवस्थापन समितीहरुलाई निर्देशन दिई सकिएको छ। स्थानिय स्तरमा यसको पुर्व तयारी र सचेतनाका लागि स्थानिय तहहरु एवम प्रदेश वासी सम्पुर्ण लाई हार्दिक अनुरोध गर्दछु।
#staysafe
#mansoonseason
