दमकबाट २ जना लागुऔषध कारोबारी पक्राउ, मध्यरातमा प्रहरीको छापा !
झापा । झापामा लागु औषध ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका- ३ घर भई दमक नगरपालिका- १ मा बसोबास गर्ने २२ वर्षीय दिपेन लिम्बु र माङसेबुङ- ३ घर भएका १६ वर्षीय रोहण राई रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले बिहीबार राती ११ बजे उनीहरूलाई ४९.१ ग्राम ब्राउन सुगर, नगद ५२ हजार ६ सय ५ रुपैयाँसहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।
