गौरादह सुरक्षित ! समुदायमा कोरोना संक्रमण नदेखिएको पुष्टि
दमक/ झापाको गौरादहकी एक महिलामा काठमण्डौमा उपचारको क्रममा कोरोना संक्रमण देखिएपछि समुदायमा कोरोना संक्रमणको भय रहेको गौरादहमा कसैमा पनि कोरोना संक्रमण नरहेको पुष्टि भएको छ ।
गौरादहबाट उपचारका लागि काठमण्डौ गएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको सम्पर्कमा रहेका १ सय १ जनाको पिसिआर परीक्षण गर्दा कसैमा पनि कोरोना संक्रमण नरहेको पाईएको गौरादह नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले बताए ।

