झापामा मलामी गएका ब्याक्तिको खोलाले बगाउदा मृत्यु
दमक/ झापामा मलामी गएका एक ब्याक्तिलाई बगाएको छ । बिरिङ खोलाले बगाउदा एकको मृत्यु भएको बताईएको छ । झापा गाउँपालिका वडा नम्बर ५ राजेश गणेशलाई खोलाले बगाएको हो।
मलामी शुद्धिन भन्दै नुहाउने क्रममा उनलाई खोलाले बगाएको प्रहरीले जनाएको छ । ३५ बर्षिय उनको शव ३ किलो मिटर दुरीमा बाह्रदशी गाउँपालिका वडा नम्बर–२ मा फेला परेको थियो ।
