झापा दमकका साहित्यकार एवं शिक्षासेवी रुद्रप्रसाद निरौलाको निधन
दमक/ लामो समयसम्म दमकमा शिक्षण पेशामा संलग्न रहनु भएका शिक्षासेवी एवं दमकको साहित्य क्षेत्रको विकासमा अनवरत रुपमा लागि परेका दमक प्रज्ञा प्ररिषदका सदस्य रुद्ध्र निरौलाको निधन भएको छ ।
उनको शनिवार साँझ निधन भएको बताईएको छ । साहित्य कला सङ्गम दमकका संस्थापक सदस्य निरौलाले बिभिन्न पुस्तकहरु लेख्नका साथ सम्पादन समेत गरेका थिए ।
केहि अस्वस्थ भएपनि उपचार गराउदै निरौला सामाजिक, साहित्यिक, धार्मिक लगायतको क्षेत्रमा सक्रिय रहदै आएका थिए ।
