रतुवा खोलाले बगाउदा एकजना बेपत्ता, रतुवा खोलाको पुलको पश्चिम पट्टीको बाटो खोलाले भत्कायो
रतुवा खाेलामा आएकाे बाढीले बगाएर आज एक जना युवक वेपता भएका छन् । हुलाकी सडक अन्तर्गत झापा र माेरङ्ग विचमा पर्ने रतुवा खाेलाकाे पुलकाे पश्चिम पट्टीकाे बाटाे खाेलाले भत्काएपछि तर्ने क्रममा रतुवामाई नगरपालिका वार्ड नं. ७ डाँगीटाेलाका अन्दाजी २१ बर्षिय अरूण ऋषिदेव बेपत्ता भएका हुन् ।
उनीसंगै खाेला तर्ने साेही स्थानका अन्दाजी वर्ष २० का गाेविन्द ऋषिदेव भने पाैडेर बाच्न सफल भएका छन् । वेपत्ता भएका युवक रतुवामाई नगरपालिका वार्ड नं. ७ घर भएका विन्देश्वर ऋषिदेवका छाेरा हुन् । उनीहरू दुबै जना गाैरीगंजबाट रतुवामाई जान खाेला तर्दै थिए।
खाेलामा आएकाे बाढीले रतुवा पुलकाे पश्चिम पट्टीकाे बाटाे भत्काएपछि गाैरीगंज गाउँपालिका र रतुवामाई नगरपालिकाकाे सम्बन्ध विच्छेद भएकाे गाैरीगंज गाउँपालिका वार्ड नं. ५ का वडा सदस्य राजेन्द्र ताजपुरियाले जानकारी गराएका छन् ।
गएरातीकाे अविरल बर्षाले खाेलामा पानी बढेपछि खाेला अहिले पुल पश्चिम पट्टीबाट बग्न थालेकाे छ । वेपत्ता भएका युवककाे खाेजी कार्य साँझसम्म गरिए पनि पत्ताे नलागेकाे गाैरीगंज प्रहरीले जनाएकाे छ ।-कोचिलान्यूज
