दमकमा फेरी एकजनामा कोरोना संक्रमण पुष्टि
दमक/ झापाको दमकमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाईएको छ । आज आएको रिर्पोट अनुसार क्वारेन्टाइनमा बसेका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनि दमक ८ को रहेको जनाईएको छ । विदेशबाट आएका उनि सुरक्षित रुपमा क्वारेन्टाइनमा रहेका थिए ।
यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा थप १४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १४४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
