भोलीदेखि देशभर अनलाइन शिक्षा बन्द गर्ने प्याप्सन र एनप्याप्सनको निर्णय,शिक्षकहरुलाई बेतलबी घर बिदा
काठमाण्डु, ३१ असार– निजी विद्यालयले भोलि (साउन १ गते) देखि अनलाइन कक्षा बन्द गर्ने भएका छन् ।
सरकारले राहत लगायत आफ्ना माग सम्बोधन नगरेको भन्दै उनीहरुले अनलाइन कक्षा सञ्चालन नगर्ने घोषणा गरेका हुन् । निजी विद्यालयहरुका छाता संस्था प्याब्सन र एन प्याब्सनले औपचारिक रुपमा विद्यालय खुलेपछि मात्र कक्षा सञ्चालन गर्ने बताएका छन् ।
दुवै संगठनले शिक्षकहरुलाई बेतलबी घर बिदा बस्न भनेका छन् । लकडाउनका बेला निजी विद्यालयले वैकल्पिक शिक्षणका रुपमा अनलाइन कक्षा सञ्चालन गर्दै आएका थिए ।-काडमन्डुटुडेबाट
